देश

प्रधानाध्यापकले स्वागत नगरेपछि सांसद पोखरेल आक्रोशित

काठमाडौँ । ओखलढुङ्गाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

जिल्लाको एक विद्यालयमा पुग्दा आफूलाई उचित स्वागत नभएको भन्दै उनले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएको हो ।

पोखरेलले आफू २९ वर्षसम्म नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेर काम गरेको अनुभव उल्लेख गर्दै मर्यादा र प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकप्रति असन्तुष्टि जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *