काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले माघ २७ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको हो ।
बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी १६ जिल्लाका बिषयमा समेत छलफल हुनेछ ।




