राजनीति

एमाले महासचिव पोखरेलले भने– स्थानीय तहको चुनाव सार्ने प्रयास असफल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको टिप्पणी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने सहमति कायम गरेपछि महासचिव पोखरेले जनमतको तागतले निर्वाचन गर्न सरकार तयार भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा महासचिव पोखरेलले भनेका छन,‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ जेठ अगावै चुनाव गर्ने। हो, यसैलाई भनिन्छ जनमतको तागत ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *