राजनीति

राष्ट्रियसभा चुनावमा अन्तर्घात गर्नेलाई एमालेले कारबाही गर्ने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा चुनावमा अन्तर्घात गर्ने जनप्रतिनिधिहरुलाई कारबाही गर्ने भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने एमालेले जनाएको हो ।

पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश नम्बर एक कार्यालयले जनाएको हो ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै कारबाही गर्ने जनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *