काठमाडौं । आन्दोलनका नाममा तोडफोडमा संलग्न सिके राउतका कार्यकर्तालाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका थिए ।
उनीहरूको आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ, उपमेयर रेणुका पौडेल, जलेश्वर अस्पतालका मेसु डा। सतिश साहलगायत घाइते भएका छन् ।




