राजनीति

भौतिक पूर्वाधारमन्त्रीलाई बर्खास्त गर्न जनमत पार्टीको माग

काठमाडौं । जनमत पार्टीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री यादवले बुधबार जनमत पार्टीका नेताहरुलाई गौर हत्याकाण्ड दोहोरिनसक्ने चेतावनी दिएकी थिइन् । उनको अभिव्यक्तीलाई लिएर डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो ।

जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *