कोही मानिसका नौ तल दरबार जस्ता शहरमा घर छन्, नेपालभरका विभिन्न बैङकमा करोडौँ रुपैयाँ पैसा जम्मा गरेका छन्, करोडौँका सवारी साधन छन्, सरकारका मन्त्रीहरु कै कुरा गर्दा घर,सवारी जग्गा जमिनको कुरा त परकै कुरा हो । सयौँ तोला त सरकारसँग सुनकै ढुकुटी छ । उत्ता मध्यवर्षीय परिवारलाई बिहान बेलुकाको छाक टार्ने निकै धौधौ परेको छ । विहान बेलुकाको छानक टार्नकै लागि कतिय नेपाली नागरिकहरु मजदुरीका लागि देशदेखि विदेशसम्म पुगेका छन् । त्यहाँ पनि उनीहरुलाई सहज भने छैन् । सरकारको नीतिका कारण देशदेखि विदेशसम्म नै नागरिकहरुले श्रम गरेको पारिश्रमिक समेत समयमा नै पाउन सकेका छैनन् । सिरानीमा स्नातक तथा स्नात्तकोतर गरेका नागरिहरुका कयौँ सर्टिपिकेट प्रमाणपत्र छन् । सोही प्रमाणपत्र बोकर रोजगारीका लागि नागरिकहरु विभिन्न गल्ली –गल्लीमा धाँउछन्, तर रोजगार पाउने ठाउँमा बिचौलियाबाट ठगिन्छन् । मुख्य कुरा त समयमा नै जागिर पाउन मुस्किल छ ।
मानव अधिकारका लागि प्रश्न उठाउने थलो संचारमाध्यम ,संचारगृहमा काम गरिरहेका कतिपय पत्रकारहरु समेत समयमा तलब पाउन सकेका छैनन्, समयमा तलबको कुरा गर्दा मिडिया हाउसबाट नै बहिस्कार हुनुपरेका घटनाहरु पनि थुप्रै छन् । केही दिनअघि देशभरका विभिन्न संचारमाध्यममा कार्यरत कर्मचारीहरुले समयमा पारिश्रमिक पाउनुपर्ने भन्दै माइतिघर मण्डलामा प्रदर्शन गरेका थिए । सरकारी विज्ञापनको पहुँच नहुँदा नीजि मिडिया संचालन गर्न आफूहरुलाई कठिन परेको संचालकहरु बताउँछन् । तर सर्वोच्च अदालतले निजी मिडियामाथि सरकारी विज्ञापनमा लगाएको बन्देज खारेज गरिदिएपछि आफूहरुले अब सरकारी विज्ञापनको पँहुच पाउनुपर्ने माग राख्दै आएका छन् ।
यस्तै विभिन्न कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले समेत समयमा आफूले गरेको परिश्रमको फल पाउन नसकेको बताउँछन् । सरकारले सो विषयमा गम्भिर भएर नागरिकहरुलाई रोजगारी उपलब्ध गराउनुपर्ने विषयमा सोच्न आवश्यक छ । उखु किसानहरुले पनि समयमा भुक्तानी पाउन सकेका छैनन् । राजधानीमा विभिन्न ठाउँबाट अध्ययन,व्यापार ,व्यवासाय रोजगारीका लागि आएका नागरिकहरु जागिर खोज्नका लागि विभिन्न निकायमा जान्छन्, त्यही एजेन्टहरुले राम्रो जागिरका लागि पैसा तिर्नुपर्ने बताउँछन् । रोजगारी पाउने आशाले जवसेन्टरमा पुगेर फर्म पनि भर्छन्, तर समयमा जागिर पाउन निकै मुस्किल हुन्छ । अन्तिममा जागिर पाउनुको सट्टा उनीहरु ठगिन्छन् अनि मिडियामा खबर गर्छन् । कोठा बस्नेको समस्या पनि उस्तै नै छ । कोठा भाडामा खोज्न जादाँ कोठमा भेटिदैनन्,कोठा खोजीदिने अफिसले नै फर्म भराउँछन्,महिनौँसम्म कोठमा खोजिदिदैनन् । एउटा कोठा खोजेको नै २५ सयदेखि पाँच हजारसम्म लिन्छन् । कोठा खोजिदिने दलालीहरुले नै नागरिकहरु थप पीडामा पार्छन् ।
हरेक नागरिकलाई ऋण छ । उनीहरुले साथिभाई तथा बैङकबाट केही गर्ने उदेश्यका साथ ऋण लिएका हुन्छन् । बारम्बार महिना नपुग्दै किस्ता बुझाउने प्रेसर आउँछन, पैसा भने गोजीमा हुँदैन्,राज्यको कारण र सम्बन्धित निकायको दबाबका कारण नै नागरिकहरुको मनोविज्ञानमा असर पर्छ । अन्नत ः सहयोग गर्ने कोही भेटिदैनन् अनि नागरिकहरुमा दिन प्रतिदिन निराशा बढ्ने गरेको छ । अन्तिममा डिप्रेशनको सिकार बन्छन् र कोही कसैको सहयोग नपाएपछि उनीहर आत्मदाह गर्न बाध्य हुन्छन् ।




