काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ।
आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ तथा १० ग्रामको २ लाख ५९ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६६० रुपैयाँ रहेको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ।




