देश

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ ।

पार्टी सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतका अनुसार पार्टी कार्यालयमा आज साँझ बस्ने बैठकमा शुक्रबार प्रस्तुत कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

शुक्रबार बसेको कार्यदलको बैठकमा उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । सोही प्रतिवेदनमाथि आजदेखि छलफल हुन लागेको जानकारी सचिव बस्नेतले दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *