देश

सोताङ गाउँपालिकाका उपाध्यक्ष राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भइ समापन पश्चात् तालिमको प्रशिक्षकको रुपमा काम दिलाए तथा तालिम सहजीकरणसमेत गरे गराए बापत घुस माग गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

सो कार्यमा निजका छोरा सुनिल नाछिरिङ राईसमेतको मिलेमतोमा घुस लिए लिन लगाएको, कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । सो एन बमोजिम बिगो रकम ४५ हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *