देश

निस्ती खोलाले बगाएकी गुल्मीकी २९ वर्षीया महिलाको शव फेला

गुल्मी । निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।

आइतबार साँझ माइतीघर जाने क्रममा खोला तर्दै गर्दा बगेर बेपत्ता भएकी पुनको शव घटनास्थलभन्दा करिब एक किलोमिटर तल ठूला पहिरास्थित खोलाको बीचमा अड्किएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार पुन इश्मा गाउँपालिका–४ हुलास्थित माइतीघरमा तीज मनाउन जाने क्रममा स्थानीय खोला तर्दै थिइन् । उनलाई खोलाले बगाएको जानकारी पाएलगत्तै प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको थियो ।

खोजीका क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएका कपडा, ह्यान्डब्याग र चप्पल फेला परेका थिए । त्यसपछि निरन्तर खोजी गर्ने क्रममा सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *