काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार विभागले प्रकाशन गर्ने वार्षिक हाउस जर्नल ‘आर.आर. जर्नल’ (वर्ष ३, अंक १) बुधबार विमोचन गरेको छ।
स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूको पहलमा तयार गरिएको पत्रिकाको विमोचनसँगै अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सहायक क्याम्पस प्रमुख डा. रमेश गौतम, डा. विष्णु प्रसाद ज्ञवाली, गोविन्द प्रसाद आचार्य, विभागीय प्रमुख डा. जगत नेपाल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लोकेश कुमार खड्का, साथै विद्यार्थी र प्राध्यापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता विभागका सदस्य शान्तराम बिडारीले गरेका थिए। सहभागी वक्ताहरूले विद्यार्थीहरूलाई अनुसन्धान र लेखनमा थप सक्रिय हुन प्रोत्साहन गर्दै हाउस जर्नललाई पत्रकारिता अभ्यासको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सुझाव दिएका थिए।






