राजनीति

रास्वपा नेताबिरूद्ध अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि मंगलबार पेशीमा राखिएको अदालतले जनाएको छ । यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश दिएको थियो ।

सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *