काठमाडौ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुने नेताहरुले बताएका छन। बैठकले प्रधानमन्त्रीको भ्रमणको क्रममा भएको सम्झौताबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।