काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको भन्दै जागिरबाट हटाउन सोमबार गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयबाट आगामी दिनमा कुनै सेवामा आबद्ध हुन नपाउनेगरि अयोग्य पत्र पेस भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरी स्रोतकाअनुसार गृहमन्त्रालयले अहिलेसम्म ठोस निर्णय निकालेको छैन् ।




