काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् । भ्रष्टचारका बारेमा देशमा सुरु भएको लडाँई जित्नकै लागि जनयुद्धमा जस्तो जनताको सहयोग चाहिएको उनले बताए् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा मंगलबार सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूरु नहुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अब नयाँ युगको सुरुवात गर्न जनताको सहयोग मागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, समानता र अधिकारका बारेमा विगतदेखि नै आवाज उठाउँदै आएकाले अब यी तीन कुरा प्राप्त गर्नका लागि जनताको पुर्ण रुपमा सहयो्ग आवश्यक रहेको उल्लेख गरे । देशमा भ्रष्टचारले मुल जरो गाडेकाले निर्मुल पार्न पनि जनताले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
देशमा सुशासन , शान्ति सु–व्यावस्था कायम गर्न देशमा मौलाएको विसंगति, विकृति र भ्रष्टाचारको अन्त्य गर्न सकेको अवस्थामा मात्र मुलुकमा नेपाली जनताले सुख र समृद्धि आवास गर्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
यसका लागि सबैको साथ र सहयोगसहितको प्रतिबद्धता पाए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने प्रचण्डले दिए विश्वास ।




