काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबार पुगेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठक झापामा बोलाएका ओली पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नैनकला थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि तनावमा परेका हुन् ।
पार्टी सांसद लक्ष्मी कोइरी सशस्त्र प्रहरी जवान थमन विकको हत्या आरोपमा सांसद पदबाट निलम्बनमा परेपछि चिन्तामा परेका ओलीलाई नक्कली शरणार्थी प्रकरणले अर्को संकट थपिदिएको छ ।
उनीहरुबीच समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भइरहेको जनाइएको छ ।




