काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने छ ।
यसबाहेक पार्टीका अन्य विषयमा पनि एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।




