समाचार

चुनावपछि माओवादी केन्दसँग एकीकरण हुने झलनाथ खनालको खुलासा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने जानकारी दिएका छन् ।

पाल्पामा भएको कार्यक्रममा नेता खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचन लगत्तै पार्टी एकता हुने बताए।

नेकपा एमालेसँग भने तत्काल एकता हुने सम्भावना नभएको उनले बताए । नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अगाडि बढ्नुको विकल्प भने नरहेको उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *