देश

हरिवनमा बसको ठक्करबाट मृत्यु

बरहथवा (सर्लाही)। यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *