देश

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ। राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ । सभाअध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश बैठक पाँच मिनेटका लागि स्थगन भएको बैठकलाई जानकारी दिए ।

त्यसअघि करिब एक घन्टा बैठक सञ्चालन भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभएको थियो ।

बैठकमा आर्थिक वर्ष २०८३÷०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *