समाचार

जनतालाई सडकमा उफारेर एमसीसी पास गरियो : ओली

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताए ।

ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । जनताको दबाबपछि उहाँहरु पास गर्दैनौं भन्न बाध्य हुनुभयो ।’ राष्ट्रियताको सवाललाई मान्छेले निकै सस्तो बनाएको टिप्पणीसमेत उनले गरे । प्रचण्डको नाम नलिए पनि उनीतिरै लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटक पटक भनिरहेका छन्, अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । योभन्दा बढ्ता ढाँट कुरा, योभन्दा बढ्ता फट्याइँ के हुन्छ ।’

ओलीले राष्ट्रियता भनेको तमासा गर्ने चिज, झुक्याउने चिज नभएको पनि बताए । ओलीले भने,‘एमसीसी शेरबहादुर, पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो, उहाँहरुले पास गर्नुभयो । बीचमा एउटा वातावरण बिगार्नुभयो । किन प्रहरीसँग झडप गर्नु परेको थियो रु किन बाटो हिँड्ने मान्छेलाई ढुंगा हान्नुप¥यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *