समाचार

प्रचण्ड आज स्वदेश फर्किंदै, सीता दाहालको उपचार मुम्बईमा जारी

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिनपछि आज स्वदेश फर्किँदै छन् । पत्नी सीता दाहालको उपचारमा गत सोमबार भारतको मुम्बई गएका प्रचण्ड आज छोरी रेणु दाहालका साथमा स्वदेश फर्किन लागेका हुन् ।

प्रचण्ड भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए ।

सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ । उनको साथमा छोरी गंगा दाहाल, एक नर्स र सुसारे रहनेछन् । छोरी गंगाले आमाको स्वास्थ्यमा अहिले केही सुधार भएको जानकारी गराएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *