देश

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

धनुषा । जानकी नवमीका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि हजारौँ हिन्दु धर्मावलम्बीहरू पूजा आराधना, भजन कीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।

त्यस अवसरमा जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरे । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभा यात्रा निकालिएको थियो । शोभा यात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।

आजै दिउँसो १२:०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गरेका थिए । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभा यात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सह महन्त वैष्णवले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *