काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको नेतृत्वमा गठन भएको स्थानीय तह चुनाव, घोषणापत्र समितिमा सदस्यहरुले मनोनयन गरेका छन् । महामन्त्री थापा नेतृत्वको समितिमा सभापति देउवाले २७ सदस्य मनोनयन गरेका हुन् ।
थपिएका सदस्यहरुमा सभापति देउवा पत्नी आरजु राणा, काठमाडौंकी उपमेयर हरिप्रभा खड्गी समेत रहेका छन् । सभापति देउवाले आरजु राणा देउवा, मधु आचार्य, प्रा डा. गोविन्दराज पोखरेल, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण छन् ।
त्यस्तै वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. वुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्यलाई मनोनयन गरेका हुन् ।





