फिचर

राष्ट्रिय महिला आयोगमा खतिवडाले गरिन उपलब्धिमुलक कार्य,सर्वत्र प्रशंसा

पीडितको पक्षमा खतिवडाको दरिलो साथ

काठमाडौँ । गर्विलो इतिहास बोकेको राष्ट्रिय महिला आयोगमा कृष्ण कुमारी पौडेल खतिवडालाई नेपाल सरकारले २०७७ साल माघ २१ गते सदस्य पदमा नियुक्ति गर्‍याे । समाज परिवर्तन र विकासका लागि आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गरेकी खतिवडाको सत्कर्म र योग्यताको कदर स्वरूप नेपाल सरकारले महिला आयोगमा माननीय सदस्यको जिम्मेवारी दियो । आयोगमा पदासीन भएयता खतिवडाले महिला आयोग स्थापना गर्न योगदान गर्ने अग्रजहरूको सच्चा सम्मान गर्दै आयोगको शाखलाई माथि उठाउन अहम् भूमिका खेल्दै आएकी छन् । आयोग सदस्य खतिवडाले सरकारले उनीप्रति गरेको विश्वासलाई कहिल्यौं कुठाराघात हुन दिएकी छैनन् ।

आयोगमा नियुक्ति भएपछि निस्वार्थ रूपमा अहोरात्र खटेर उपलब्धिमुलक नतिजा निकाल्न सफल भएकी खतिवडा आजीवन सामाजिक क्षेत्रमा काम गरेकी व्यक्ति हुन । महिलाका पीडा र समाजका समस्यालाई धरातलमा बसेर नियालेकी खतिवडाले महिलाको हक अधिकार र समाज बदल्नमै आफ्नो जीवनको उर्जाशील खर्चिइन ।

निष्ठावान् र कर्मशील खतिवडाले संविधान र महिला आयोगको ऐनले दिएको अधिकार क्षेत्रभित्र रहरे आयोगमा प्रभावकारी भूमिका खेल्दै आएकी छन् । महिलाको हक हितको संरक्षण प्रवर्द्धन गर्दै महिलालाई राजनैतिक,सामाजिक तथा आर्थिक रूपमा सशक्तीकरण गरी लैङ्गिक न्याय दिलाउन खतिवडा आयोगमा निकै अघि देखिएकी छन् । समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने खुबीका कारण आयोगका कर्मचारी र पदाधिकारीहरू बीच उनको हार्दिकता सम्भव भएको हो ।

सुशासन र आर्थिक पारदर्शिता पक्षमा खतिवडाको चट्टानी अडान छ । उनी भन्छिन् ‘म आफू पनि भ्रष्टाचार गर्दिन र महिला आयोगभित्रको अराजकता र विकृतिको रमिते पनि बन्न सक्दिन । आयोगलाई एनजीओकरण हुन दिन्न’ ।  संविधान, ऐन , नियम, विधि र विधानभित्र बसेर आयोगका काम हुनु पर्ने उनको मत छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारले खतिवडालाई काँग्रेसको सिफारिसमा राष्ट्रिय महिला आयोग सदस्य नियुक्ति गरेको थियो । आयोगमा पृथक् राजनीतिक विचारबाट प्रतिनिधित्व गर्ने उनी एक्ली छन् । आयोगभित्र उनी अल्पमतमा भएकाले चेपुवामा पर्नुपर्ने हो । तर, उनको कार्यशैली, समन्वय र सहकार्य गर्ने कौशलका कारण रुचाइएकी छन् । खाँने मुखलाई जुँगाले छेक्दैन भनेझै उनमा भएको दृढ इच्छाशक्तिका कारण आयोगमा उत्कृष्ट नतिजा दिन सफल भएकी छन् । खतिवडा फिल्ड अनुगमन र निरिक्षणमा गएको समय बाहेक आयोगकै काममा बिहानदेखि साँझसम्म व्यस्त हुन्छिन् ।  

आयोग सदस्य खतिवडाको कार्यशैलीलाई लिएर अहिले सर्वत्र प्रशंसा हुने गरेको छ । आयोगदेखि मन्त्रालयसम्म मात्र नभई सरोकारवाला पक्षहरू बीच समेत दूरगामी सोचका साथ अघि बढेकी आयोग सदस्य खतिवडाको कार्यशैलीको प्रशंसा हुँदै आएको छ । किन भयो त उनको मात्रै प्रशंसा ? उनले के गरिन त्यस्तो प्रशंसनीय कार्य ? यो कौतुहलको विषय बन्न सक्छ । उनले आयोगमा नियुक्ति भएपछि गरेका सबै कामको फेहरिस्त प्रस्तुत गर्न नसकिए पनि मुख्य मुख्य कार्यलाई चर्चा गरिएन भने उनीमाथि अन्याय नहोला भन्न सकिन्न ।

महिला आयोगमा खतिवडाको सक्रियतामा के–के काम भए ?
२०७७ साल माघ २१ गते महिला आयोग सदस्य पद बहाली गरेकी कृष्णकुमारी पौडेल खतिवडा २४ गते बलात्कारपछि हत्या गरिएकी भगीरथी भट्टको परिवारलाई न्याय दिलाउन र बलात्कारीलाई कानुनी दायरामा ल्याउन बैतडी पुगेकी थिइन।

आयोगको मार्गदर्शनका रूपमा रहेका राष्ट्रिय महिला आयोग नियमावली २०७८,राष्ट्रिय महिला आयोग बैठक सञ्चालन कार्यविधि २०७८,राष्ट्रिय महिला आयोगको आन्तरिक व्यवस्थापन निर्देशिका २०७८,आयोगका पदाधिकारी तथा कर्मचारीहरूको आचरण, संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति(सीड) बाट नेपालको छौटौं आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०७८ पनि आफ्नो  अग्रसरता र सक्रियता प्रकाशनमा ल्याइएको उनको दाबी छ ।

मोरङको सुन्दरहरैचा ७ गणेशपुरमा १८ महिनाकी बालिकाको बलात्कारपछि हत्याको घटनामा पीडित परिवारलाई न्याय दिलाउन खतिवडाको नेतृत्वमा आयोगको टिम घटनास्थलमा पुगेको थियो । खतिवडाकै पहलमा नगरपालिका र वडाले पीडितको परिवरलाई १० कट्ठा जग्गा र ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध समेत गराएको थियो ।

केही महिना अघि पाँच बुँदे माग राख्दै ७ दिन माइतीघर मण्डलमा आमरण अनशनमा बसेकी महोत्तरीकी सोनालीकुमारी सिंह निहारिकाको मागलाई सम्बोधन गर्ने सर्तमा अनशन तोडाउन खतिवडा सफल भएकी थिइन । निहारिकाले गृहमन्त्री बालकृष्ण खाँण,आयोगकी सदस्य खतिवडा, गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराईको नेतृत्वमा जुस पिएर अनशन तोडेकी थिइन ।

ओखलढुङ्गामा बलात्कृत भएकी १७ वर्षीया किशोरीको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुमजालीले हेलिकोप्टरमार्फत उपचारका लागि टिचिङ अस्पताल पठाएपछि अस्पताल पुगेर किशोरीको उपचारमा कुनै कमीकमजोरी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरेकी खतिवडाको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पीडित किशोरीलाई एक लाख ४७ हजार उपचार खर्च उपलब्ध गराइएको थियो ।  

बृद्धवृद्धा तथा सडक मानवको उद्धार गर्दै आएको नवजीवन परोपकार समाजको भवन शिलान्यासका क्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरूप महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खतिवडाको पहलमा १२ लाख बजेट उपलब्ध भएको थियो ।

कोरोना महामारीमा मयुरको प्वाँख बेचेर जीवन चलाउँदै आएका ७५-७६ वर्षका दुई बद्धको उद्धार गरी लत्ताकपडा लगाई दिई पशुपति वृद्धाश्रममा राखेका खतिवडा बताउँछिन् ।

रौतहट जिल्लाको गौर नगरपालिकामा सञ्चालित नेपाल भारतमैत्री अनाथालयबाट जोखिममा रहेका १३-१७ वर्षीय वालिकाको खतिवडाको पहल उद्धार भएको थियो ।

तीन जना बालिकामाथि ९ जना युवकले सामूहिक बलात्कारको घटनाबारे स्थलगत अनुगमनमा खतिवडाकै पहलमा १३ वर्षीय एक बालिकाको उद्धार गरी सेफ हाउसमा ल्याइएको थियो । यसै गरी तीन जना बलात्कारीद्वारा बलात्कृत पोखरकी १२ वार्षीया बालिकाका बलात्कारीलाई पक्राउ गरी पीडित बालिकालाई सेफ हाउसमा खतिवडाकै पहलमा राखिएको थियो । बर्दियामा बलात्कार परेकी ३ वर्षीय वालिकाको खतिवडाले फोनमार्फत उद्धार गरी नेपालगन्जमा उपचार पस्चात निको भएर घर फर्किएकी थिइन ।

आयोग सदस्य खतिवडाले अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउन आफ्नो कार्यविभाजमा परेका अधिकांश प्रदेश र जिल्लामा पुगेर काम गरेकी छन् । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये ताप्लेजुङ र तेह्रथुम बाहेक सबै जिल्लामा पुगेर अनुगमन र निरीक्षणको कार्य गरिन ।  बागमती प्रदेशको मकवानपुर र दोलखा बाहेक सबै जिल्लामा पुगेका अनुगमन र निरीक्षण गरिन ।

मानसिक समस्याका कारण उपचार नपाई खोरमा थुनिएकी फाल्गुनन्द ४ चित्लाङकी ३५ वर्षीया नन्दाकुमारी नेम्वाङको खतिवडाको पहलमा खर्चको व्यवस्था मिलाई उद्धार गरी काठमाडौँ ल्याएर उपचार गराई हाल स्वास्थ्यमा सुधार भएको छ ।

मट्टितेल खन्याई जलाइएकी महिलाको अनुगमन गर्न पुगेकी खतिवडाको पहलमा मन्त्रालयको कोषबाट रु पाँच लाख पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

खतिवडाको नेतृत्वमा नाङ्गै सडकमा बेवारिसे आवसाथमा भेटिएकी महिलाको उद्धार गरी लत्ताकपडा किनेर लगाइदिई सेफ हाउसमा राखेर पीडित महिलाको उपचार भइरहेको छ । पीडित महिलाको मानसिक अवस्था क्रमशः सुधार आएको छ ।

बोक्सीको आरोपमा यातना मलमूत्र खुवाएको युवतिको अवस्था बुझने पुगेकी खतिवडाले पीडितलाई शान्ति सुरक्षा दिलाउन र दोषीलाई कारबाहीको दायरामा भूमिका खेल्दै पीडितलाई महिलालाई मन्त्रालयबाट ५ लाख आर्थिक सहायता उपलब्ध गराएकी थिइन ।  

दर्जनौँ कार्यक्रममा खतिवडाको बलियो उपस्थिति :


गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोग सदस्य खतिवडाले मुलुकका विभिन्न स्थानमा पुगेर दर्जनौँ कार्यक्रममा सहभागिता जनाइन । भिन्ना भिन्न मितिमा तारकेश्वर नगरपालिका , बागेश्वरी मनोहरा नगरपालिका, झापा धुलावारीमा आयोजित विद्यालयस्तरमा हुने महिला हिंसा निवारण सम्बन्धमा शिक्षक,विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँगको अभिमुखीकरण कार्यक्रम खतिवडाको उपस्थितिमा सञ्चालन भएका थिए ।


महिला सशक्तीकरण एवम् लैगिंक मूलप्रवाहीरणका सम्बन्धमा स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारीहरू बीच लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी  उदयपुरमा अन्तरक्रिया कार्यक्रममा खतिवडाको उपस्थितिमा भएको थियो ।  पाँचथरमा आयोजित लैगिंक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खतिवडाको उपस्थितिमा सम्पन्न भयो । सुनसरी जिल्लामा आयोजित महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तीकरणको लागि राजनीतिक पार्टीका प्रमुख र प्रतिनिधिसँग प्रदेशस्तरीय कार्यक्रममा खतिवडाले महत्त्वपूर्ण विचार राखिन ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा सुरक्षा निकायसँग महिला हिंसा निवारणको लागि रणनीति योजना बैठक र अन्तरक्रिया कार्यक्रम,सिन्धुलीमा महिलामाथि हुने हिसा निवारणको सम्बन्धमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खतिवडाको उपस्थितिमा सम्पन्न भएको थियो ।

सङ्खुवासभा, खाँदवारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन, आवश्यक समन्वय, सहकार्यको वातावरण सृजना गराउन गरिएको अन्तरक्रियात्मक कार्यक्रममा खतिवडाको सहभागिता थियो । सोलुखुम्बुमा महिला उद्यमशीलता विकासका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा खतिवडाले सहभागिता जनाएकी थिइन। महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतिक क्षेत्रका युवासँग गोकर्णेश्वर नगरपालिकाको सभाहल अन्तरक्रियात्मक कार्यक्रम आयोग सदस्य खतिवडाकै उपस्थितिमा सम्पन्न भएको थियो ।

आयोगको आफ्नै भवन बनाउन पहल :

आयोगकी सदस्य खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई भेटेर महिला आयोगको आफ्नै जग्गामा भवन निर्माण गर्न ध्यानाकर्षण गराइन । खतिवडाले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएसँगै भवन निर्माणका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न सरकारले पत्राचार गरिसकेको छ । अहिले महिला आयोग राष्ट्रिय समाचार समिति र खाद्य संस्थानसँग भवन भाडामा लिएर दैनिक प्रशासनिक कार्य र न्याय निरूपण गर्दै आएको छ ।

प्रदेश कार्यालय स्थापना गर्न प्रधानमन्त्री र मुख्य सचिवको ध्यानाकर्षण :

आयोग सदस्य खतिवडाले संविधानमा भएको व्यवस्था बमोजिम सातै प्रदेशमा यथाशक्य चाँडो आयोगको कार्यालय खोल्ने वातावरण बनाउन पनि प्रधानमन्त्री र मुख्य सचिव वैरागीको ध्यानाकर्षण गराइन । संविधानको धारा २५४ मा राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशमा समेत कार्यालय खोल्ने व्यवस्था गरेको छ ।

न्याय निरूपणमा महिलाको भरपर्दो सारथि :

महिला आयोगमा हिंसा पीडित र अन्यायमा परेका महिलाहरूको उजुरीको चाङ लाग्ने गरेको छ । जसमध्ये अधिकांश मुद्दा खतिवडाले किनारा लाउने गरेकी छन् । पीडितका समस्या आफ्नै समस्या सम्झेर हल गर्न उनी लागिपर्छिन् ।

महिला आयोगमा गत आर्थिक वर्षमा घरेलु हिंसाका एक हजार ७७ र महिला हिंसाका १२८ गरी ११ सय ९५ उजुरी परेका छन् । जसमध्ये बागमती प्रदेशमा महिला हिंसाका ९५५ वटा उजुरी परेका छन् । यी उजुरीमा पीडितलाई न्याय दिन खतिवडाको सक्रियता अधिक छ । यसै गरी गत आर्थिक वर्षमा मानसिक हिंसाका ११ सय १५,आर्थिक हिंसाका ८२५,शारीरिक हिंसाका ६०५ र यौनजन्य हिंसाका ७८ उजुरी दर्ता भएकोमा खतिवडाकै पहलमा पीडितलाई न्याय निरूपण गरिएको बताइन्छ । राष्ट्रिय महिला आयोग र साझेदार संस्थाको सहयोगमा ३३७ जनालाई मनोसामाजिक मनोविमर्श,८९२ जानालाई कानुनी परामर्श,१२७ जनालाई मेलमिलाप र १२७ जनालाई अदालतमा प्रतिनिधित्व सेवा प्रदान गरिएको छ ।

महिलाहरूको ठुलो त्याग्,तपस्या र बलिदानको कद्दर स्वरूप स्थापित नेपाल महिला आयोगको विशिष्ट महत्त्व छ । महिलाको हक हितको संरक्षण,सवद्र्धन गरी महिलालाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले २०५८ फागुन २३ गते महिला आयोगको प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेट निर्णयबाट गठन भएको थियो । २०७२ सालको संविधानले महिला आयोगलाई संवैधानिक मान्यता दिएको थियो । विगत १९ वर्षमा महिला अधिकारको क्षेत्रमा निकै ठुलो उपलब्धि हात परेको छ । नेपालको संविधानको धारा २५३ र राष्ट्रिय महिला आयोग ऐन २०७४ अनुसार आयोगले काम गर्दै आएको छ । करिब डेढ करोड महिलाको प्रत्यक्ष सरोकारको विषयसँग जोडिएको महिला आयोगमा तीन करोड नेपालीको भावना जोडिएको छ  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *