काठमाडौं । नेपाली कांग्रेस ले प्रधानमन्त्री बालेन शाह को स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री अचानक बैठकबाट बाहिरिएको घटनाप्रति प्रश्न उठाए।
उनले प्रधानमन्त्रीको उक्त कदम अस्वाभाविक देखिएको टिप्पणी गर्दै स्वास्थ्यमा समस्या परेकै कारण बाहिरिएको हो भने तत्काल स्वास्थ्य परीक्षण गराएर त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने बताए। आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादाविपरीत र गैरजिम्मेवार भएको आरोप लगाउँदै यसले सदनको गरिमामा असर पुगेको धारणा राखे। साथै उनले यस विषयमा सरकारको औपचारिक जवाफ आवश्यक रहेको बताए।




