देश

रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा गराइयो उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आज लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने तयारी छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन लागेको हाे ।

सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाणहरू पेस गरेका छन् । मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ । मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने अदालत स्रोतले जनाएकाे छ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *