अर्थ

अन्तर्राष्ट्रिय बजारको प्रभावः नेपाली बजारमा सुन–चाँदी दुवै सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घट्दै २ लाख ९८ हजार ५०० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहीबार यही सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५५ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ३४५ रुपैयाँ रहेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ थियो।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आउने दैनिक परिवर्तनका आधारमा नेपाली बजारमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *