काठमाडौं । अर्थ मन्त्रालयले प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने जनाएको छ ।
आइतबार बिहान मन्त्रालयमा भएको आन्दोलनरत शेयर लगानीकर्ता र अर्थका प्रतिनिधिबीच भएको छलफलपछि प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।
राजस्व व्यवस्थापन महाशाखाले एक विज्ञप्ति जारी गर्दै अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिने जनाएको छ ।
वार्ताका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले थप कर लगाउने कुनै योजना नरहेको भन्दै चिन्तित नहुन आग्रह समेत गरेका छन् ।





