जलश्रोत/उर्जा

आज १२०० मेगावाटका दुई आयोजना एनएचपिसीलाई दिने समझदारी हुँदै

काठमाडौं । सरकारले सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्त्वका दुई जलविद्युत आयोजना विकासका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग आज सम्झौता गर्ने भएको छ । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी विकासका लागि समझदारी गर्न लागेको हो ।

साउन २३ गते बसेको ५२औं लगानी बोर्डको बैठकको निर्णय गरे अनुसार परियोजनाको विकासका लागि विस्तृत अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लागिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा आज साँझ ५ बजे सोल्टी होटलमा अनुमतिपत्र प्रदान गर्ने कार्यक्रम रहेको रहेको बोर्डले जनाएको छ । नेपालका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा वोर्डको अध्यक्षका रुपमा रहेका छन् ।

३ध्भकत क्भतष् ३लजउअ 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *