राजनीति

कांग्रेस संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा,विशेष महाधिवशेन पक्षधरकाे पुस अन्तिम साता महाधिवेशन !

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर विवाद चर्काउने खेलमा दुई महामन्त्रीसहित विषेशमहाधिवेशन पक्षधर लागि परेका छन् । संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडान दोहोर्‍याइरहँदा विशेष महाधिवेशन पक्षधर समूहले भने यही पुसको अन्तिम साता विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ। नेपाली कांग्रेस केन्द्रिय समितिले केही दिनअघि निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर विशेष महाधिवेशन पक्षधर पार्टीको विरोधमा विभिन्न गाली ग्लोजमा उर्तर्दै संस्थापन पक्षलाई हमला गर्ने लाइनमा छ । हिजो पार्टी कार्यालयमा सोही कुरा देखियो ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने जानकारी दिएको हो। समितिका अनुसार पार्टीले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न हुन नसकेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको दाबी गरिएको छ। यसअघि केन्द्रिय कार्य समितिले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने मिति टुङ्गो लागेको थियो । तर महामन्त्रीको जिम्मेवारीमा रहेका थापा र शर्माले क्रियाशिल सदस्यता नविकरण समयमा गर्न नसक्दा नियमित महाधिवेशन हुन सकेन् । उनीहरुले आफूमाथि लागेको आरोप लुकाउन सभापति देउवा र संस्थापनपक्षलाई कम्जोरी देखाउन महामन्त्रीद्धय थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन पक्षधरले विद्रोहको रणनीति लिएका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी विधानको मर्म र भावनाअनुसार तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै एकमात्र विकल्प बनेको छ।” उनीहरूले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौंमा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

समितिका अनुसार विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुकिङ भइसकेको छ भने शान्ति–सुरक्षाका विषयमा स्थानीय प्रशासनसँग समन्वयसमेत गरिएको छ। महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी पनि दिइएको छ।

तर कांग्रेस संस्थापन पक्ष भने निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्दा पार्टी थप अस्थिर हुने तर्कमा अडिग छ। सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नभएको स्पष्ट पार्दै सबै नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा केन्द्रित हुन आग्रह गर्दै आएको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निकट समूहले भने नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले विशेष महाधिवेशनबाहेक अर्को विकल्प नरहेको बताउँदै आएका छन्। यही अडानका कारण कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आएको छ। पार्टीभित्र एकातिर निर्वाचनलाई प्राथमिकता दिनुपर्ने संस्थापनको जोड छ भने अर्कोतिर नेतृत्व र संगठन सुधारका लागि तत्काल विशेष महाधिवेशन आवश्यक भएको विशेष पक्षधरको तर्क छ। फरक–फरक अडानका बीच कांग्रेस कुन बाटोमा अघि बढ्छ भन्ने प्रश्न अझै खुलै छ।

संकटको घडीमा कांग्रेस र एमालेबिचको सम्बन्ध चिसो पार्ने महामन्त्री थापाको राजनीतिक लाइन

महामन्त्रीद्वय भन्छन्- कांग्रेस विभाजनको हल्ला निराधार

पर्दापछाडीको खेल : नेपाली कांग्रेसमाथि हमला गर्ने दाउ, दबाबको राजनीतिको बाटोमा विशेष महाधिवेशन पक्षधर

 

कांग्रेस सानेपा कार्यालयमा विशेष महाधिवेशनपक्षको दबाब, कांग्रेस संस्थानमाथि हमलाकाे प्रयास

पर्दापछाडी पार्टी फुटाउने खेलमा सक्रिय महामन्त्री थापा,कांग्रेस कम्जोर भएको हेर्न चाहने शक्तिहरुसँग नजिक दुरी

निवार्चन अघि महाधिवेशन नगर्ने निष्कर्षमा संस्थापन, महामन्त्री थापा र शमाको निर्णयमाथि २५ केन्द्रिय सदस्यको आपत्ति

कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित

विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसका ५ प्रदेश सभापतिको निष्कर्ष : निर्वाचनमा ध्यान दिन आह्वान

विशेष महाधिवेशनको बहसमा ब्रेक, महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन सभापति देउवाको अपिल

आधिकारिकता भन्दा माथि उठेर पार्टी हाइज्याक गर्न खोजेपछि दुई महामन्त्रीमाथि चौतर्फी आलोचना

शेखर कोइरालासँग संस्थापन समूहको संवाद,मध्यमार्गी विकल्प खोज्ने प्रयास

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *