काठमाडौं । देशभर बढ्दै गएको राजनीतिक तनाव, प्रदर्शन र नेताहरूमाथि केन्द्रित आक्रमण-विरोधका गतिविधिले आगामी निर्वाचनको विश्वसनीयता नै प्रश्न चिह्न खडा गरेको छ । हालै निरन्तर देखिएको जेनजी समूह र एमाले नेताहरूबीचको झडपले देशको शान्ति–सुरक्षा कत्तिको कमजोर अवस्थामा पुगेको छ भन्ने तथ्य स्पष्ट पारेको छ। एमाले नेता तथा कार्यकर्ताहरु अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छन्, तर त्यस ठाउँमा षडयन्त्रकारी तत्वका कारण त्यति सहज छैन् । जेनजी यु्वाहरु,विभिन्न पार्टीबाट परिचालित आन्दोलनकारी र प्रदर्शनकारीले एमाले केन्द्रिय पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि निसाना बनाउँदै आक्रमणको प्रयास थालेका छन् ।यो संकेत केबल एमालेमाथिको मात्र होइन्,अपराधिक मानसिकता भएका दुस्मनहरुले सबै दलका नेता तथा कार्यकर्ता र नागरिकहरुको जिब्रोमा काँटी ठोक्ने रणनीति बनाएका छन् । विभिन्न कानुनविद्धहरु,राजनीतिज्ञ र दलका नेता तथा कार्यकर्ताहरुले सरकारले यदि नागरिकको मौलिक हकलाई रोक्न खोज्ने र अराजक तत्वलाई नियन्त्रणमा नलिएमा निर्वाचन नहुने निश्चित देखिएको बताउँदै आएका छन् । सोही अनुसार नागरिकका अधिकार,शान्ति सुरक्षामा गम्भिर हुनुपर्ने बेला आएको छ ।
देशमा अन्तरिम सरकारले नेता तथा कार्यकर्ता र नागरिकको जिऊ धनको सुरक्षा दिन नसकेपछि एमालेले भोलेन्टियर फोर्स गठन गरेको छ । सोही फोर्स समुहले नागरिकहरुलाई शान्ति स्थापनाको सन्देश र निर्वाचनको वातावरण बनाउन सन्देश जगाइरहेको छ । तर विभिन्न पार्टीमा आवद्ध भएका जेनजी समुह र स्वतन्त्र जेनजी समुहहरुले दलका नेता तथा कार्यकर्ताहरुको उक्साहटमा विरोध,आन्दोलन, आक्रमण,तोडफोट गरेको गतिविधिहरु यत्रतत्र सामाजिक संजालहरुमा छरपस्ट छन्। सोही गतिविधिलाई ध्यानमा राखेर हेर्दा आगामी निर्वाचन तोकिएको समयमा नहुने र भए पनि ठूलो दुर्घटना निम्तिने खतरा छ । सरकारले सो विषयमा निकै गम्भिरताका साथ लिन आवश्यक छ । अन्तरिम सरकारले तोडफोट र आगजनि ,आक्रमण गर्नेहरुको संरक्षण गरेपछि उनीहरुमो मनोबल उच्च बनेको छ । सोही आधारमा सुरक्षामा खटिएका प्रहरी प्रशासन,जिल्ला प्रशासनको समेत आज्ञा नमान्ने गरेको प्रष्ट देखिन्छ । जेनजी आन्दोलनका नाइकेहरुले गृहमन्त्री र प्रधानमन्त्रीहरुलाई समेत आफूहरुलाई सहजीकरण नगरे सरकार ढाल्ने अभिव्यक्ति दिन थालेका छन् ।
मंसिर १० गते (बुधबार) धनगढीमा जेनजी युवाहरूले एमाले नेता महेश बस्नेतविरुद्ध गरेको प्रदर्शनले सरकार नागरिक तथा दलका नेता तथा कार्यकर्ताको शान्ति सुरक्षामा गम्भिर हुनुपर्ने सन्देश पुनः दिएको छ । यसअघि देखिएका घटनाको निरन्तरता आज पनि दोहोरियो । भदौ २३–२४ को तीव्र आन्दोलनपछि बस्नेत र जेनजी समूहबीचको टकराव झनै बढ्दै गएको छ। बस्नेतले जेनजीमाथि अनुसाशित हुन आग्रह गर्दै आएका छन् तर जेनजी युवाहरू भने देशभर उनको कार्यक्रममा विरोध गर्दै अराजक गतिविधिमा सक्रिय छन् ।
अहिले सम्पूर्ण दलहरुले अन्तरिम सरकारले तोकेको निर्वाचनमा जानका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । सरकारले आफूहरुको शान्ति सुर्क्षा र देशमा नागरिकको सुरक्षामा गम्भिर भएको बताएपछि दलहरुले निर्वाचनमा गएर लोकतान्त्रि पद्धति र अन्तरिम सरकारलाई सहयोग गर्न तयार छन् । तर आगामी फागुन २१ मा हुने भनिएको निर्वाचन जेनजी विद्रोहभन्दा पनि अराजक र हिंसात्मक बन्नसक्ने संकेत प्रष्टै दिएको छ। टायर दहन, बाटो अवरुद्ध, सुरक्षाकर्मीमाथि चर्को आक्रमणका चेतावनीले नै आगामी निर्वाचन सहज नहुने स्पष्ट छ। सरकार राजनीतिक दलहरूलाई निर्वाचनमा तयार हुन आग्रह गरिरहे पनि राजनीतिक दलहरूले उल्टै “सरकारले शान्ति–सुरक्षा कायम राख्नै नसकेको भन्दै प्रश्न चिह्न उठाइरहेका छन् ।
नेताहरूको सुरक्षासम्म जोखिमम : बारामा घटेको घटना अझ गम्भीर थियो। महासचिव शंकर पोखरेल र महेश बस्नेत सभामा सहभागी हुने थाहा पाएपछि जेनजी समूहले विमानस्थल क्षेत्रमै टायर जलाएर आवागमन रोके। त्यसमा सकारको समेत संलग्नता रहेको भन्दै प्रश्न चिह्न खडा भइरहेको छ ।
सो घटनामा जेनजी प्रर्दशनकारीहरुद्धारा एमालेले बनाएको स्वागतद्वार भत्काइयो, दुवै पक्ष हातहत्थामा उत्रिए, र स्थिति कत्तिको बिग्रिएको थियो भने काठमाडौंबाट उडान भइसकेको जहाजसमेत रोक्नुपर्यो। यात्रुहरू विमानबाटै ओर्लन बाध्य बनाइए — नागरिक स्वतन्त्रतामाथि यस्तो धारिलो असर देखिनु लोकतान्त्रिक प्रणालीका लागि चिन्ताजनक विषय हो । ७ मंसिरमा बस्नेत सवार गाडीमै रंगले भरिएको बेलुन प्रहार गरियो। सुर्खेतमा पनि यस्तै विरोध देखियो। यी निरन्तर घटनाले एउटा मात्र सत्य बोल्छ— देश राजनीतिक रूपमा अस्थिर बन्दै गएको छ र नेताहरूको सुरक्षा स्वयं जोखिममा छ। सरकारले निर्वाचनमा सुरक्षाकर्मीको बाक्लो परिचालन,नेपाली सेना,नेपालप्रहरी शसस्त्र प्रहरी तीनै निकायलाई परिचालन गर्ने निर्णय गरेपनि विगतमा जस्तो सो सुरक्षाकर्मीले जेनजीको आक्रोस र आक्रमणलाई रोक्न सक्ने स्थिति देखिदैन्। अहिले देशभरीका युवा पुस्ताहरुले बालबालिकादेखि बृद्धसमेत जेनजीको नाममा अराजक गतिविधिका लागि योजना बनाइरहेको सामाजिक संजाल,टिकटक,फेसबुक,म्यासेन्जर,बाट्सप,एक्स र इमेलहरुमा आएका भिडियो क्लिपहरुले प्रस्ट्याएको छ । उनीहरुले ढुङ्गामुडा ,हातहतियार समेत सुरक्षाकर्मीहरुमाथि प्रहार गरेको घटनाले निर्वाचनमा ठूलो जोखिम आउने देखिन्छ ।
जेनजी आन्दोलन सुरुमा भ्रष्टाचारविरुद्धको स्पष्ट मोडेल थियो — तर अहिले यसको स्वरूप पूर्ण रूपमा बदलिएको देखिन्छ। सिंहदरबार अगाडि देखिने जेनजी समूहहरू एकीकृत होइनन्, बरु टुक्राटुक्रामा विभाजित छन्। कसैको माग– संविधान खारेजी,कसैको– प्रत्यक्ष कार्यकारी,कसैको– पद–नियुक्ति, अनि कतिपयको उद्देश्य त एक्लै लाइभ भिडियो बनाउँदै ‘असली जेनजी’ प्रमाणित गर्ने।
सरकारका अधिकारीहरूका अनुसार, धेरै समूहहरू “जेनजी नाममा व्यक्तिगत एजेन्डा” चलाइरहेकाहरुबाट देशलाई खतरा छ । सिंहदरबारमा देखिने द्श्यले अव्यवस्था, अराजकता र आफ्नो–आफ्नै जेनजीबिचको बिद्रोह समेत देखाएको छ । सकार ढाल्ने,प्रधानमन्त्रीको राजीनामा माग्ने,गृहमन्त्रीको राजीनामा माग्ने,तोकिएको निर्वाचन हुन नदिने अनेक किसिमका अराजक गतिविधिबाट सरकारमात्रै दिक्क भएको छैन्, देशदेखि विदेशसम्म बसोबास गर्ने नागरिकहरुमा समेत फ्रस्टेसनले छाइसकेको छ । अन्तराष्ट्रिय जगतमा समेत नेपालको पहिचान थप बिग्रदो छ ।
सिंहदरबारमा पछिल्ला दिनहरूमा देखिएका दृश्यहरू झनै गम्भीर छन्—कुनै समूह गेटमै रोकिन्छ,अर्को समूह प्रतीक्षा कक्षमै हुलहुज्जत गर्छ, कसैले प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउन खोजे पनि भेट नपाएपछि लाइभ मार्फत धम्की दिन थाल्छन। प्रधानमन्त्री सुशीला कार्कीले “नेतृत्वहीन, उद्देश्यहीन र एकअर्काविरुद्ध लाग्ने जेनजी समूहहरूसँग एकैपटक भेट सम्भव छैन” भन्दै भेटघाट सीमित गरेपछि उनीहरू झनै आक्रोशित बनेका छन्।
कोही ‘असली जेनजी’ को दाबी, कोही ‘नक्कली’ भनेर आरोप। आन्तरिक संघर्ष यति बढेको छ कि जेनजी अभियन्ता सुप्रिया शाहीले ओजश्वी थापा र रक्षा बममाथि आन्दोलन कब्जाको आरोप लगाएकी छन्। युवा आन्दोलनभित्रकै यस्तो अविश्वासले जनआकर्षण कम गरिरहेको स्पष्ट छ।
सरकार कडा हुँदै, जेनजी आक्रोशित हुँदै
भदौ २३–२४ पछि सरकारले जेनजी समूहलाई सडकमै नियन्त्रण गर्ने नीति लिँदै आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले अराजक गतिविधिमाथि कारबाही गर्ने चेतावनी दिएपछि जेनजीले सामाजिक सञ्जालमा उनलाई निशाना बनाएका छन् ।
प्रदेशदेखि सिंहदरबारसम्म शान्ति–सुरक्षामा चुनौती बढेकाे छ । टायर दहन, हुलदंगा, राष्ट्रिय राजमार्ग अवरुद्ध, सुरक्षाकर्मीमाथि आक्रमण—यी सबैले अब चुनाव स्वतन्त्र र सुरक्षित रूपमा हुन सक्ने आधार नै कमजोर बनाएको देखिन्छ। राजनीतिक दलहरूले पनि खुलेरै भनेका छन्— “यस अवस्थामा निर्वाचन सम्भव छैन, सरकार नियन्त्रणमा छैन।”
अहिले जेनजी विद्रोहका नाममा बनेको सरकारले पनि समस्या बढाएको छ ।जेनजीको विद्रोहबाट जन्मिएको सुशीला कार्की नेतृत्वको सरकार अहिले स्वयं विवादमा फसिरहेको छ।महान्यायाधिवक्ता सविता बरालमाथि डिम्ब तस्करी प्रकरणमा मौनता,स्वकीय सचिवद्वारा परिवारका ४ सदस्यलाई सरकारी पद,राजदूत फिर्तामा मनपरी,मन्त्री छनोटमा अदृश्य प्रभाव— यी सबैले सरकारले नै भरोसा गुमाउँदै गएको संकेत दिन्छ। यसै कारण, कार्कीलाई सत्ता ल्याएका युवाहरूकै एक भाग अहिले “प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ” भन्दै आएको छ।
जेनजी आन्दोलनको अव्यवस्था, नेताहरूलाई लक्षित विरोध प्रदर्शन, सुरक्षा निकायमाथिको आक्रमण, र सरकार–आन्दोलन–दल तीनै तहमा देखिएको अविश्वास—यी सबैले एकै प्रश्न खडा गर्छः नेपाल आगामी निर्वाचन सुरक्षित, स्वच्छ र लोकतान्त्रिक रूपमा सम्पन्न गर्नसक्ने अवस्थामा छ ? आजको परिस्थितिले देखाउँछ—देश शान्ति सुरक्षाको गम्भीर संकटतिर उन्मुख छ र नेताहरूमाथि केन्द्रित आक्रमण गर्ने रणनीति लोकतान्त्रिक संरचनामै खतरा बन्दैछ। सो विषयमा सबै देशवासी सचेत र संवेदनशील हुन आवश्यक छ ।



