राजनीति

ज्ञानेन्द्र शाहीको प्रश्न :सरकारले जीबि राईलाई किन पक्राउ गर्न सकेको छैन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले सहकारी ठगी प्रकरणमा अभियुक्त जीबी राई अझै पनि पक्राउ नपर्नुमा गम्भीर प्रश्न उठाएका छन्। संसदमा बोल्दै उनले सोधेका छन्, “देशभन्दा ठूलो जीबी राई हो ?”

शाहीले सरकार र प्रहरी प्रशासनको आलोचना गर्दै भने, “अपराधी खुलेआम हिँडिरहेका छन्, तर सरकार मौन छ।” उनले जीबी राईलाई पक्राउ नगर्नुमा राजनीतिक संरक्षणको आशंका पनि व्यक्त गरे।

सांसद शाहीले भने, “यदि सरकार र प्रहरी प्रशासन निष्पक्ष छन् भने, जीबी राईलाई किन पक्राउ गर्न सकिएको छैन?” उनले सरकारलाई कडा चेतावनी दिँदै भने, “यदि अपराधीलाई संरक्षण गरिन्छ भने, हामी चुप लाग्ने छैनौं।”

संसदमा शाहीको यो अभिव्यक्तिले सरकार र प्रहरी प्रशासनमाथि थप दबाब सिर्जना गरेको छ। जीबी राईको पक्राउको माग गर्दै जनस्तरबाट पनि आवाज उठ्न थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *