काठमाडौं । नयाँ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथग्रहण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गरिएको थियो। कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अन्य मन्त्रीहरू र नेपाल सरकारका उच्च अधिकारीहरू पनि उपस्थित थिए।
गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए।




