राजनीति

विपक्षी दलका सांसदहरूद्धारा ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्, जसमा आन्दोलनरत शिक्षकहरूको माग र समाधान सहितका छैट वटा बुँदामा छलफल गर्न ध्यानाकर्षण गराइएको छ।

प्रस्ताव नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डे ले प्रस्तुत गरेका हुन्। यसमा रास्वपाका सन्तोष परियार, नेकपा एस का शेरबहादुर कुँवर, आमजनता पार्टीका प्रभु साह, र जनमोर्चा का चित्रबहादुर केसी ले समर्थन जनाएका छन्।

विपक्षी दलका सांसदहरूले प्रस्तावमा सरकार र शिक्षक महासंघ बीचका सम्झौताहरूको कार्यान्वयन, सार्वजनिक विद्यालयहरूको गुणस्तरीकरण, विद्यार्थीहरूको पठनपाठन सुचारु राख्न, निर्धारित समयमा परीक्षा सञ्चालन, चिकित्सा शिक्षा आयोगका निर्णयहरू कार्यान्वयन, र स्वास्थ्य सेवा सुधारका विषयमा छलफलको माग गरेका छन्।

यस प्रस्तावले शिक्षक आन्दोलन, शिक्षा क्षेत्र सुधार, र स्वास्थ्य सेवा जस्ता विषयहरूमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *