राजनीति

लिङदेन र अमेरकुमार सिंहलाई कांग्रेस सांसद यादवको चेतावनी: ‘प्रमाण पेश गर, नत्र माफी माग’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र सांसद अमेरकुमार सिंहलाई गम्भीर चुनौती दिएकी छन्। उनले कांग्रेस सहमहामन्त्रीको छोरालाई चोरीकाण्डमा संलग्न रहेको भनी लगाइएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिइन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले लिङदेनले भाटभटेनी प्रकरणमा कांग्रेस सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेको प्रसंग उठाइन्। उनले भनेकी छन्, “यदि आरोपमा साँचो छ भने प्रमाणसहित कांग्रेसका नेता तथा कार्यकर्तालाई जानकारी गराउनुहोस्, अन्यथा संसदमा उभिएर माफी माग्नुपर्छ।”

यादवले कांग्रेसको छवि बदनाम गर्न उद्देश्यले बिना आधार आरोप लगाइएको भन्दै कडा आपत्ति जनाइन्। साथै, यस्ता गम्भीर विषयमा प्रमाणबिना बोलेर संसदको मर्यादामाथि आँच आउने भन्दै उनले सचेत गराइन्।

यस विषयले सत्तासीन र प्रतिपक्ष दलहरूबीच संसदमा थप तिक्तता बढाउने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *