राजनीति

शशांक निवासमा चियापान कार्यक्रममा नेताहरूको भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसरमा बिहीबार बिहान आफ्नै निवासमा चियापान कार्यक्रम आयोजना गरे। महाराजगञ्जस्थित निवासमा आयोजना गरिएको कार्यक्रममा पार्टीका धेरैजसो पूर्वपदाधिकारी र नेताहरूको उपस्थिति देखियो।

नेताहरू कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महत लगायतका नेताहरू कार्यक्रममा सहभागी भएका थिए। चियापानमा नेताहरूबीच हल्का कुराकानी भए पनि राजनीतिक रूपमा खासै गहन विषयवस्तुमा छलफल नभएको सहभागी नेताहरूले बताएका छन्।

नेता सिटौलाका अनुसार चियापान मुख्यतः शुभकामना आदानप्रदानकै लागि आयोजना गरिएको हो। उनले लोकतन्त्र दिवसको शुभकामना दिए , हामीले चिया खायौं र फर्कियौं,ू सिटौलाले भने।

राजनीतिक सन्देशको संभावना के हो भन्ने प्रश्नमा उनले सहज रूपमा प्रतिक्रिया दिए, ूपदमा नभएकाले बेला–बेलामा भेटघाट त गर्नै पर्छ, त्यही हो। शशांक निवासमा देखिएको जमघटले चियाको स्वाद त बटुल्यो, तर खास राजनीतिक बहस भने उब्जिएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *