राजनीति

महेश बस्नेतको टिप्पणी -“विद्याको राजीनामा कमजोरीको परिणाम हो”

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई नेकपा एमालेका नेता महेश बस्नेतले उनीबाट भएको कार्यसम्पादनको कमजोरीको परिणाम भएको बताएका छन्।

शिक्षक आन्दोलन उत्कर्षमा पुगेको बेला आएको राजीनामापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री भट्टराईको नेतृत्वप्रति प्रश्न उठाएका हुन्।फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “मन्त्री भएको बेला देखिनै उनको कार्यसम्पादनमा कमजोरी थियो, कार्यशैलीप्रति जनगुनासो पनि व्यापक थियो।”

बस्नेतले शिक्षक आन्दोलन नसक्नु, वार्ता सफल नहुनु र अन्ततः राजीनामामा पुग्नु स्वयं भट्टराईको नेतृत्वगत असफलता भएको दाबी गरे। उनले अबको मुख्य चुनौती शिक्षा क्षेत्रलाई स्थायित्वमा ल्याउने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीतिमा सुधार ल्याउने नेतृत्व चयन गर्नु पर्नेमा पनि जोड दिए।

भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी थिइन्। त्यसपछि एमालेभित्रैबाट आएका टिप्पणीहरू सरकार र पार्टीबीचको समन्वय र नेतृत्व क्षमतामाथि बहस चर्किएको संकेत मानिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *