देश

आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न निर्देशन दिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामछिानेले सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा सभापति लामिछानेले आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका हुन् ।

उनले अझै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै सल्लाहकारहरूको अभ्यास गरेर उनीहरूबाट सुझाव लिन आग्रह गरेका छन् । ओखलढुंगाका निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफूलाई माननीय भन्दै एउटा विद्यालयका प्रधानाध्यापकलाई थर्काएपछि रास्वपाको यस्तो निर्देशन दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *