देश

विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा टीयू परिसरमा संयुक्त विद्यार्थी आन्दोलनको मार्चपास

काठमाडौँ । विभिन्न राजनीतिक विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय (टीयू) परिसरमा विरोध प्रदर्शन गरेको छ।

घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारी कदम संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूले यस्तो निर्णयले नागरिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप हुने बताउँदै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्।

आन्दोलनरत विद्यार्थीहरूले थप मागहरू पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूमा ब्यारेकीकरण (वाणिज्यीकरण) रोक्न र मेरिटोक्रेसी प्रणाली प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्।

त्यस्तै, विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत यातायात भाडा छुट यथावत् राख्न र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने भनिएको निर्णय फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *