देश

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा भ्रमणमा पुगेका छन् ।

व्यक्तिगत भ्रमणका क्रममा पोखरा पुगेका उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूले भव्य स्वागत गरेका थिए । स्वागतका लागि उपस्थित समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै जयजयकार गरेका थिए भने पञ्चेबाजा र पुष्पगुच्छासहित स्वागत गरिएको थियो ।
भ्रमणका क्रममा पूर्वराजा शाहले केही दिन पोखराका विभिन्न धार्मिक स्थलको अवलोकन गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनको भ्रमणलाई औपचारिक रूपमा व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले व्यापक चर्चा पाएको छ । पोखराको पर्यटन र समसामयिक राजनीतिक परिवेशबीच उनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *