काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका क्रममा शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
त्यस्तै उनीहरूसँगै अभियन्ता स्वागत नेपालसहित पाँच जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरु लाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेको हो ।




