राजनीति

काठमाडौंमा चैत १५ गते दुईवटा प्रदर्शन , गणतन्त्र पक्षधर भृकुटीमण्डपमा, राजावादी तीनकुनेमा

काठमाडौं । चैत १५ गते राजधानीमा गणतन्त्र समर्थक र राजावादी समूहले आ–आफ्ना कार्यक्रमसहित प्रदर्शन गर्ने भएका छन्। समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्ने भनेका छन् भने राजसंस्थाको पुनःस्थापनाको मागसहित दुर्गा प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा प्रदर्शनको तयारी गरेको छ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चा मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्। सो समूहले भृकुटीमण्डपमा प्रदर्शन गर्नका लागि स्थानीय प्रशासनबाट अनुमति लिएको छ।

उता, दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिएको छ। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि सोही स्थानमा संयुक्त रूपमा सहभागी हुने सम्भावना रहेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार दुई समूहले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन्। यद्यपि, अन्य स्थानमा प्रदर्शनको सूचना नआएको उनले बताए। यसअघि, चैत १० गते गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा दुई प्रदर्शनका कारण हुन सक्ने सम्भावित चुनौतीबारे छलफल भएको थियो। सुरक्षा निकायले तीनकुनेमा हुने राजावादी प्रदर्शनमा नवराज सुवेदी प्रमुख अतिथि रहने जानकारी पाएको छ।

प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेकाले सुरक्षा निकायले दुबै प्रदर्शनमा निगरानी बढाउने तयारी गरेको छ।

राजावादी र गणतन्त्रवादीको प्रदर्शनः सुरक्षा सख्त, सिंहदरबारमा उच्च सतर्कता

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *