राजनीति

महंगो चन्दा सङ्कलन अभियानमा राष्ट्रिय मुक्ति पार्टी नेपाल

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टी सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ल
उक्त पार्टीले केन्द्रीय कोष स्थापना तथा अर्थ सङ्कलन अभियान र आर्थिक सहयोगको लागि आह्वान समेत गरेको छ ।
अध्यक्ष महतोले आफ्नो पार्टीमा पनि चन्दा उठाउने भन्दै हरेक सदस्यलाई चन्दा बुझाउनुपर्ने अनिवार्य भएको बताएका छन् । सो पार्टीले पार्टी संचालनका लागि उठाउने चन्दा भने मँहगो भएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना सुरु गरेका छन् ।

उक्त पार्टीका एक केन्द्रीय सदस्यले पार्टीका सबै नेता तथा कार्यकर्ताले चन्दा दिनुपर्ने अनिवार्य दिनुपर्ने तर सिमा नतोकिएको बताए पनि त्यसबाहेक पार्टीमा लेबीको पनि व्यवस्था गरिएकाले नेता तथा कार्यकर्ताले सो निर्णयका विषयमा आलोचना सुरु गरेको स्रोतले जनाएको छ । पार्टीका हरेक सदस्यले अनिवार्य लेबी बुझाउनुपर्ने गरेको निर्णय अनुसार पदाधिकारीले मासिक एक हजार लेबी बुझाउनुर्ने र केन्द्रीय सदस्यले ५०० बुझाउनुपर्ने उल्लेख गरिएको सो पार्टीका एक नेताले बताए । राजनीतिक समिति सदस्यले ७००, विभागका सदस्यहरूले २५० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने पार्टीले निर्णय गरेको उनको भनाइ छ ।

सक्रिय सदस्यले वार्षिक १०० रुपैयाँ लेबी बुझाउनुपर्ने भएको छ भने प्रदेश समितिका सचिवालय सदस्य तथा कार्यकारिणी सदस्यहरूले ५०० रुपैयाँ, प्रदेश सदस्यले ३००, जिल्ला कमिटीका पदाधिकारीले ३०० र जिल्ला सदस्यले २०० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने नियम बनाइएको छ ।

त्यस्तै, पार्टीबाट कोही प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री बनेमा प्रत्येकले मासिक रूपमा २० हजार रुपैयाँ बुझाउनुपर्ने नियम बनाइएको छ । त्यस्तै सांसद हुनेले मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ । पार्टीबाट मुख्यमन्त्री भएमा मासिक १५ हजार रुपैयाँ, प्रदेश सांसदले १० हजार, समितिका सभापतिहरूले १२ हजार, जिल्ला समन्वय समितिका सदस्यले आठ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ ।

स्रोतका अनुसार स्थानीय तहमा महानगरपालिकाका मेयरले १२ हजार, उपमेयर १० हजार, नगरपालिकाका मेयर १० हजार, उपमेयर पाँच हजार, गाउँपालिका अध्यक्ष आठ हजार, उपाध्यक्ष र वडाध्यक्षले चार–चार हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने नियम बनाइएको छ । पार्टीबाट कुनै राजनीतिक नियुक्ति भएमा तलबको १० प्रतिशत बुझाउनुपर्ने प्रावधान समेत राखेको छ ।

केन्द्रीय समिति गठन भएपछिको यो पहिलो विस्तारित बैठक हो । बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न १८ भाषामा शपथग्रहण गरेका छन् भने पार्टीका अध्यक्ष महतोले मैथिली भाषामा शपथ लिएका थिए । पार्टीको पदाधिकारी चयनको जिम्मेवारी पार्टीका अध्यक्ष महतोलाई दिइएको छ । सो पार्टीमा विभिन्न ५२ वटा विभाग बनाएको छ । पार्टीमा हाल केन्द्रीय सदस्यको सङ्ख्या २१९ रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *