राजनीति

प्रधानमन्त्री ओलीको प्रचण्डमाथि कडा टिप्पणी: ‘सबैभन्दा ठूला लुटेरा’फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भन्दै हिंडेका छन्’

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशका सबैभन्दा ठूला लुटेराका रूपमा आरोप लगाएका छन्। एमाले दाङले घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डमाथि भ्रष्टाचारका आरोप लगाउँदै टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, “देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्। भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन। म पनि प्रधानमन्त्री छु, मसँग त छैन्।”

त्यसैगरी, ओलीले माओवादीको शासनको समयमा देशको अर्थतन्त्रलाई खोक्रो बनाइएको दाबी गर्दै अर्थमन्त्रको जिम्मेवारी एमालेले सम्हाल्नुपर्ने बताएका छन्। उनले माओवादी विदेशी इशारामा चल्ने आरोप पनि लगाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *