
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित गर्ने विषयमा विभिन्न विकल्पहरु रहेको बताएका छन् । शुक्रबार एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विरोध हुँदैमा आतिनु पर्ने अवस्था नआएको बताउँदै संघीय संसदबाट अध्यादेश बहुमतले पारित गर्ने तयारीमा सरकार जुटेको स्पष्ट पारे ।
महासचिव पोखरेलले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि समेत काम गरिरहेको बताउदैँ सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको स्पष्ट पारे । सो विषयमा समेत सरकारले भावि योजनाका बारेमा छलफल जारी राखेको बताए । सो क्षेत्रलाई समेत अहिले सरकारले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधनको प्रयासलाई कोशिस गर्ने उनको भनाइ छ ।