राजनीति

गृहमन्त्री लेखकले भने : पोखरेल र पुनबीचको गफले सरकारलाई कुनै समस्या छैन

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीचको भनिएको संवादले सत्ता गठबन्धनमा कुनै समस्या नहुने बताएका छन्।

धनगढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “कुन नेताले के बोल्छन् त्यो उहाँहरूको व्यक्तिगत र राजनीतिक कुरा हो, तर संस्थागत रूपमा नेपाली काँग्रेस र एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या छैन।” लेखकका अनुसार, उक्त संवाद एक प्रकारको व्यक्तिगत गफ हो र यसले सरकारलाई कुनै असर नगर्ने छ।

लेखकले नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने कुरा पनि स्पष्ट गरे। साथै, सरकारले आफ्ना कार्यलाई गति दिने उद्देश्यले ल्याएको अध्यादेश संसदमा उचित समयमा पेश गरेर पास हुने दाबी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *