राजनीति

एमालेबाट भीम रावल निकालिएकोप्रति कांग्रेस महामन्त्री थापा र शर्माले के राखे धारणा ?

काठमाडौं । नेकपा एमालेले डाक्टर भीमबहादुर रावललाई पार्टीबाट निकाल्ने नेकपा एमालेको निर्णयप्रति नेपाली काँग्रेसका दुई महामन्त्रीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विगतमा प्रश्न उठाएका तर सत्ता साझेदार भएपछि चुपचाप रहेका बेला रावलाई कारबाही गरेर गलत गरेको महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बताएका छन् ।

दिउँसो पूर्वकर्मचारी समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले एउटा दलको निर्णयले मुलुकलाई प्रभाव पार्ने भन्दै रावललाई निकाल्ने निर्णयको विपक्षमा धारणा राखे । महाधिवेशनमा ओलीसँग प्रतिष्पर्धा गरेकै कारण एमालेले रावलमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आफ्नो पुरानो अभिव्यक्ति स्मरण गर्दै उनले काँग्रेसमा यस्तो प्रतिपर्धा गर्नेमा कारबाही नगरिएको बताए । फरक विचार राख्दैमा कारवाही गर्ने प्रवृति कम्युनिष्ट पार्टीमा मात्रै भएको तर्क गरे ।

अर्का महामन्त्री थापाले पनि कांग्रेसभित्र बहसको परम्परा जीवित रहेको भन्दै प्रधानमन्त्री ओलीले एक्कासी त्यसो गर्न नुहुने बताए । विपी कोइरालाको मेलमिलाप नीतिबारे छलफल गर्न आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र बहस गर्दैमा पार्टी छाड्नु नपर्ने बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *