काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम भएपछि सँयौँ अध्यक्षमा दावी गरिरहेका युवाहरुको अवसर गुमेको छ । वितमा नै उक्त विषयमा उमेर हद म्यादका विषयमा समेत बहस र छलफल भएको थियो । तर विवाद भने समाधान हुन सकेको थिएन् । तर पछिल्लो समय उक्त विवाद समाधानका लागि दुई विषय केन्द्रित गरेर मतदान गरिएको थियो । एक पक्षले ३२ वर्ष उमेर हद म्याद राख्नु पर्ने र अर्को पक्षले उमेर हद म्याद कायम नगर्न नहुने पक्षमा मतदान भएको थियो । उक्त मदानमा संगठनभित्र ३२ वर्षे उमेर हद म्याद कायम गर्नुपर्ने पक्षमा बहुमतको आवाज आयो । शनिबार भएको निर्वाचनको आइतबार राति अबेर सार्वजनिक मतपरिणाम अनुसार उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो ।
अखिल क्रान्तिकारीले उमेर हद सबै तहका कमिटीमा लागू जनाएको छ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू ने हुबताए । इकाइ कमिटीमा भने यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति छनोटको विषयलाई लिएर उक्त विषयमा ठूलो विवाद समेत सिर्जना भएको थियो । सोही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३ औ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । उक्त विवाद समाधानका लागि अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अन्र्तगत मतदानको व्यावस्था मिलाएको थियो । अखिल क्रान्तिकारीमा अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय चयन हुने भएका छन् । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १२ गते निर्वाचन कार्यक्रम तय भएको छ ।
अखित क्रान्तिकारीमा निर्वाचन प्रणालीमार्फत मतदान गराएर उमेदर हद कायम गरेपछि अध्यक्षको दाबेदार जिम्मेवारीबाट बाहिरिएका छन् । अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन पक्षधरबीच प्रतिस्पर्धा हुने देखिएको सो पार्टीका नेताहरुले बताउदैँ आएका छन् । उमेर हदका कारण २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव लगायतले प्रतिस्पर्धा गर्न नपाउने भएका छ्न । निवर्तमान महासचिव दिपेश पुनले समेत प्रतिपर्धा गर्न नपाउने भएका छन् । निवर्तमान उपमहासचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्व गर्नेछन् । तर कार्यक्षमता कम्जोर हुने देखिएको समेत विद्यार्थी नेताहरु बताउँछन् । यस्त्रै अखिल क्रान्तिभित्र २३ वर्षे उमेर हद म्याद कायम भएका कारण ३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी रहेका छन् । कोशीको निवर्तमान अध्यक्ष राई नेता सुदन किराँती निकट हुन् भने उपमहासचिव शर्मा पक्षधरका हुन् ।
बागमतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । नेता जनार्दन शर्मा पक्षका उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति थिए । बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हदका कारण अध्यक्षका दाबेदार गर्ने ठकुरी पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिकका हुन् । यस्तै गण्डकीबाट केन्द्रीय अध्यक्षमा नारायण बडाल र सुदिन पौडेलले उमेदवारी दिने बताउँदै आएका छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । बडाललाई नेता शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ । यस्तै अखिल क्रान्तिकारीबाट लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षको उमेदवारी दिने बताएका छन् । सचिवको कार्यकाल सकाएका विष्ट वर्षमान पुन पक्षधर हुन् ।
यस्तै कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढाले अध्यक्ष पदका लागि उमेदवार िदिने बताएका छन् । अघिल्लो कार्यकालमा उपमहासचिव रहेकी हमाल वर्षमान पुन पक्षधर हुन् । अघिल्लो कार्यकाल उपमहासचिव रहेका बुढा कृष्णबहादुर महरा निकटका रुपमा परिचित रहेका छन् । वर्षमान पक्षधर अघिल्लो कमिटीमा उपमहासचिव रहेकी पार्वती नेगीले सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन्म । हासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा, लगायत आकांक्षी देखिएका छन् । अघिल्लो कमिटीका केन्द्रीय सदस्य ढकाल पार्टी अध्यक्ष प्रचण्ड पक्षधर थिए । जनार्दन टीमबाट देवेन्द्र शर्मा महासचिवका आकांक्षी हुन् ।




